
बुटवल, १७ भदौ। नेकपा (एमाले) लुम्बिनि प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा सहमतीमै नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
जारी बन्दसत्रमा काठमाडौं फर्किनुअघि आइतबार।विहान सम्बोधन गर्दै ओलीले एकतावद्ध भएर जान आग्रह गर्दै एउटा पद नहुँदै केही नबिग्रिने बताउँदै नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे ।
‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक् नजानुस् । लुम्बिनीले नमुना देखाउँछ भनेर पहिल नम्बरमा राखेका हौँ, अध्यक्ष ओलीले भने, ‘एउटा पद नहुँदैमा केही बिग्रिदैन । नेतृत्वले पार्टी हित विपरित केही पनि सोच्दैन। तपाईहरु एकतावद्ध भएर जानैपर्छ । तपाईहरु पार्टीलाई के असर पर्छ भनेर सोचेर जानू पर्छ ।’
अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी ईन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्याललाई निर्देशन गर्दै ओलीले भने,’फैसला दिनु पर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’ प्रतिनिधिहरूलाईसमेत ईन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए ।
अध्यक्ष ओलीले पार्टी भित्र आम रुपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको निर्णयमा, पार्टीको हितमा, देशको हितमा अघि बढौं । आन्दोलन सफल बनायौं भने मात्रै अवसरहरु प्राप्त हुन्छन् । हामी सफल हुन्छौं,’ ओलीले भने । नेकपा एमाले अन्य पार्टी जस्तो ल्याङफ्याङ हुने छुट नभएको बताउँदै उनले इगो त्यागेर एकतावद्ध र सुदृढ हुनु पर्ने बताए ।















प्रतिक्रिया