२ कार्तिक २०८३, सोमबार

स्पेनमा एक महिनामा १ करोड १ लाख विदेशी पर्यटक भित्रिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । स्पेनमा पहिलो पटक जुलाई महिनामा मात्रै १ करोड एक लाख विदेशी पर्यटकहरु भित्रिएका छन् ।

कोरोना महामारीपछि राम्रोसँग फस्टाउन नसकेको पर्यटन व्यवसायले गति लिएको हो । आइएनइको टुरिस्ट मुभमेण्ट्स एट बोर्डको अध्ययनले जुलाईमा एक करोड १ लाख विदेशी पर्यटक स्पेन भ्रमणमा आएको देखाएको हो ।

जुन २०२२ को तुलनामा ११.४ प्रतिशतले बढी हो । २०१९ को तुलनामा २.६ प्रतिशतले बढी हो ।

२०२३ को पहिलो सात महिनामा ४७।६ मिलियन विदेशीहरुले स्पेन भ्रमण गरेका थिए । जसमा सात महिनामा ९.८ मिलियन बेलायतीहरुले स्पेन भ्रमण गरेका छन् त्यसपछि फ्रान्सका ६.४ मिलियन रहेका छन् ।