२ कार्तिक २०८३, सोमबार

सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । चीनसँगको तातोपानी नाका सर्वसाधारणका लागि खुला भएको छ ।

आठ वर्ष पाँच महिनापछि नाका सर्वसाधारणका लागि खुलेको हो । सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ ।

पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउनेछन् । जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ।