
काठमाडौं, १५ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएको दिनको स्मरण गरेका छन् ।
सिरहामा हालै सम्पन्न एमालेको सचिवालय बैठकमा सहभागी भएर विराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले बैजनाथ साहको पेडा पसलमा कुनै बेला दुई दिन बसेर पेडा बनाएको स्मरण गरेका हुन् ।

‘रातिको करिब ९/१० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो ।’ अध्यक्ष ओलीले पुराना दिन सम्झदैँ फेसबुकमा लेखेका छन्, ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ । अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो ।’
पार्टीको सचिवालय बैठक सकेर अध्यक्ष ओली विराटनगर फर्कने क्रममा बरमझिया स्थित बैजनाथ साहको पेडा पसल पसेका थिए ।











प्रतिक्रिया