
काठमाडौं, १५ भदौ । सरकारले खाना पकाउने एलपी ग्यास र पट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
आजबाट लागू हुने गरी खानामा पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । योसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले वृद्धि भएको छ ।
यसअघि सरकारले गत साउन १६ र ३० गते पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।












प्रतिक्रिया