२८ कार्तिक २०८३, शनिबार

प्रेस चौतारी मकवानपुरले मनायो सामूहिक रक्षाबन्धन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १४ भदौ । प्रेस चौतारी मकवानपुरले जनैपूणिर्माको अवसरमा सामूहिक रक्षाबन्धन विशेष कार्यक्रम गरेको छ । बिहीबार प्रेस चौतारी मकवानपुरको महिला विभागले जनैपूणिर्माको अवसरमा सामूहिक रुपमा डोरो बाँधेर शुभकामना आदानप्रदान गरी रक्षाबन्धन विशेष कार्यक्रम गरेको हो ।

चौतारी मकवानपुरले महिलाहरुलाई हरेक वर्ष तीजमा विशेष कार्यक्रम आयोजना गरेर दर खुवाउने गरेकोमा पहिलो पटक महिला विभागले डोरो बाँधेर रक्षाबन्धन पर्व मनाएको चौतारी मकवानपुरकी उपाध्यक्ष एवं महिला विभाग प्रमुख सुनिता विष्टले बताइन् । संगठनले पहिलो पटक रक्षाबन्धन मनाएको र आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै भव्य रुपमा मनाउने विष्टले बताइन् ।

कार्यक्रममा बोल्दै चौतारीकी पूर्वकेन्द्रीय सदस्य सरिता दाहालले पत्रकारले संस्कृतीलाई पनि निरन्तरता दिँदै काम गर्नुपर्ने बताइन् । उनले समाजलाई सही मार्गमा ल्याउन र सही संस्कारको मार्ग दर्शकको रुपमा समेत पत्रकारिताले योगदान गर्न सक्ने भन्दै पत्रकारले संस्कृतीलाई पनि निरन्तरता दिनुपर्ने जोड दिइन् ।

कार्यक्रममा बोल्दै चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले महिला विभागले नेपाली संस्कृति र परम्पराको जगेर्नामा रचनात्मक कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गरे । उनले यस किसिमको कार्यक्रमहरुले एकआपसमा सद्भाव बढ्ने र पत्रकारितामा सक्रिय रहन प्रेरित गर्ने बताए ।

चौतारी मकवानपुरका उपाध्यक्ष एवं महिला विभाग विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वकेन्द्रीय सदस्यहरु दाहाल, दिपेन्द्र रोक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरु नवीन तिमल्सिना, दिपेश दाहाल, जिल्ला अध्यक्ष अधिकारी, कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।