६ कार्तिक २०८३, शुक्रबार

भत्केका विद्यालयलाई हाउजिङका कम्पनीको सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parbat-rahat– गणेश गिरी
पर्वत, १८ जेठ । भवन भत्केर पठन पाठनमा समस्या भएका पर्वत जिल्लाका विद्यालयहरुका लागि भेरासोल हाउजिङ कम्पनी प्रा.लीले सहयोग गरेको छ । भवन भत्केका जिल्लाको देउपुर गाविसको जननेत्र उच्च मावि र तिलाहार गाविसको तुलोदय माविलाई कम्पनीले नगद र जस्तापाता सहयोग गरेको हो ।

कम्पनीका अध्यक्ष स्पेन नागरिक राफल भिनान्स पिंच र नेपाली सञ्चालक पुष्प तिमिल्सीनाले विद्यालयहरुका लागि सहयोग गरेका हुन । सोमबार विद्यालयहरुमा पुगेर उनीहरुले सहयोग रकम नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सिना मार्फत उक्त सहयो प्रदान गरेका हुन ।

कम्पनीको तर्फबाट जननेत्र उच्च माविमा ६ बण्डल जस्तापात र तुलोदय माविका लागि ४० हजार नगद रकम प्रदान गरेका हुन । पर्वत घर भएका तिमिल्सीना स्पेनमा वस्दै आएका छन । गैर नेपाली आवासीय संघको आइसिसि सल्लाहकार समेत रहेका तिमिल्सीनाले कास्कीको पोखरामा स्पेनी नागरिकसंगको सहकार्यमा सञ्चालन गर्दै आएको हाउजिङ कम्पनीको तर्फबाट उक्त सहयोग प्रदान गरेका हुन ।

सहयोग प्रदान गर्दै एमाले पोलिटब्युरो सदस्य तिमिल्सीनाले विद्यालयहरु जस्तो संवेदनशिल क्षेत्रको पुर्ननिर्माण कार्यमा लाग्न सवैलाई आग्रह गरे । ‘शिक्षा विना मानिस अचेतनशिल बन्छ’ तिमिल्सीनाले भने–‘ध्वस्त विद्यालयको पुर्ननिर्माण पहिलो आवश्यकता हो ।’ कम्पनीलाई विद्यालयसम्म पुराउने मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका तिमिल्सीनाले विद्यालयलाई सहयाग गर्ने अन्य दाताहरुको समेत आफूले खोजी गरेको बताए ।

सहयोग प्रदान कार्यक्रममा बोल्दै तिमिल्सीनाले एमालेले जनताको घर बनाउने पुर्ननिर्माणका अभियान सञ्चालन गरीरहेको बताउदै राहत वितरण कार्यक्रममा अनियमितता गर्नु लज्जास्पद विषय हो भने । उनले एमालेका कार्यकर्ताहरु इमान्दारपूर्वक राहत, उद्धार र पुर्ननिर्माण अभियानमा खटिएको बताउदै यो समय राजनीतिक पूर्वाग्रह साँध्ने समय नभएको समेत जिकिर गरे ।

जननेत्र उच्च माविमा भएको सहयोग वितरण कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भक्त कुवंर, उप सचिव गोविन्द पहाडी, एमाले कुश्मा नगरकमिटि अध्यक्ष रुद्र, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर गुरुङ, प्रअ दिपक तिमिल्सिना, हाउजिङ कम्पनीका सञ्चालक पुष्प तिमिल्सीना लगाएतले आफनो धारणा राखेका थिए ।

यसैगरी तुलोदय माविमा भएको कार्यक्रममा विद्यालयका सञ्चालक समितिका सदस्य सेती महत, कम्पनीका सञ्चालक पुष्प तिमिल्सिना र प्रअ सुरेश कुमार शर्माले मन्तब्य राखेका थिए ।