
काठमाडौं, १४ भदौ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ ।
आज बिहान सडकखण्डको नाम्सि पुल नजिकै पहिरो खसेका कारण सडक एकतर्फी सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने तयारी भइरहेको छ । कार्यालयले अबको करिब २ घण्टापछि सडक पुनः दुईतर्फी सञ्चालनमा आउने जनाएको छ ।











प्रतिक्रिया