२ कार्तिक २०८३, सोमबार

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको व्यवसायीको गुनासो (तस्वीरहरूसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । निजी क्षेत्रका व्यवसायीहरूले राज्यले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार राजधानीमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा निरूत्साहित गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपालका सूचकांक राम्रो नदेखिको भन्दै के कुराले खतरा छ भन्ने पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । व्यवसायीले पेट बाँधेर आयात राकिएको र व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

‘घरभाडा तिर्न नसक्ने स्थिति आएको छ । अयाात राक्यौं व्यवसायी हतोत्साहित भए । त्यसले आएको पैसाको बचत र रेमिट्यान्सले म्याच गर्यौं फिगर हेर्दा चाहि राम्रो देखियो भित्रि कथा व्यथा फरक छ । खतरनाक के कुरा छ भनेर हेर्नुपर्छ,’ उनले भने ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरे । उनले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताए ।

यस्तै, नेपाल चम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले योजनाअनुसारको आर्थिक नीति नहुने समस्या भोगिरहेको बताए । कोभिड १९ को महामारीको बेला लिएको सस्तो ब्याज, लगानीले अहिले ब्याजदर वृद्धि हुँदा समस्यामा परेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ राजनीतिक दलहरू निजी क्षेत्रसँगै रहेको बताउँदै हरेक काममा साथ दिन तयार रहेको बताए । देशबाट युवा भाग्न लागिरहेका भन्दै उनले व्यवसायीहरूले यसलाई रोक्नुपर्नेमा जोड दिए ।