
काठमाडौं, १३ भदौ । माछापुच्छ्रे बैैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ ।
योसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० मा लाभांस घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
जसअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।















प्रतिक्रिया