२ कार्तिक २०८३, सोमबार

एकैदिन ६०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार एकसय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।