भक्तपुर, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा संविधान निर्माण नभएसम्म नेपाली काँग्रेस र नेकपा (एमाले)को एकता टुट्न नहुने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दुईतिहाई बहुमत भएको वर्तमान सरकार बलियो सरकार भएपनि राष्ट्रिय सरकारको आवश्यकता भने रहेको बताउनुभयो ।
राष्ट्रिय सरकारको निर्माण काँग्रेस र एमाले मिलेमात्रै सम्भव भएको बताउँदै अध्यक्ष थापाले एमाले र काँग्रेसले एकतालाई कायम गर्दै संविधान निर्माणलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
दुईतिहाई बहुमतको बलियो र स्थिर सरकार वर्तमान सरकार नै भएकाले राष्ट्रिय सहमतिको सरकार बनाउन पनि काँग्रेस, एमाले नै मिल्नुपर्ने उहाँको भनाइ छ । रासस















प्रतिक्रिया