६ कार्तिक २०८३, शुक्रबार

इलाममा भीषण आगलागी, ६ घर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagoइलाम, १८ जेठ । पूर्वी नयाँबजार गाविसको नयाँ बजारमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणमा लिने क्रममा एउटा घर भत्काइएको छ । दिउँसो २ बजे सुरू भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको थियो । बजारको पश्चिमी क्षेत्रका घर आगोले जलेका हुन् ।

प्रहरीका अनुसार कुमार तामाङका घरबाट विद्युत चुहिएर सुरु भएको आगाले देवी भण्डारी, पदम भण्डारी, ओम यल्मु र धनबहादुर भण्डारीको घर जलेको हो ।

बाक्लो बस्ती र काठे घर भएका कारण आगो नियन्त्रणमा कठिनाइ भएको थियो ।

स्थानीयवासी र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको हो । सदरमुकामबाट २१ किमी पूर्वमा सोे बजार अवस्थित छ ।

प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद यादवले घर जलेर विस्थापितलाई गाविस कार्यालय र महिला भवनमा तत्कालका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । रासस