काठमाडौँ, १८ जेठ । कर्तव्य पालनको सिलसिलामा हेलिकप्टर दुर्घटना परी निधन भएका नेपाली सेनाका क्याप्टेन तपेन्द्रबहादुर रावलप्रति नेपाली सेनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रद्धाञ्जलि अर्पण गरियो ।
क्याप्टेन रावलको भूकम्पपीडितका लागि राहत सामग्री लिएर गएको अमेरिकी हेलिकप्टरमा दुर्घटनामा परी हालै निधन भएको थियो । सो हेलिकप्टर सिन्धुपाल्चोक र दोलखा जिल्लाको सीमा क्षेत्र घोर्थलीमा दुर्घटनाग्रस्त भएको थियो ।
प्रधानसेनापति गौरवशम्शेर जवरालगायत उच्च अधिकृतले आज रावलप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । सो हेलिकप्टरमा अमेरिकी ६ जना सेना र नेपाली क्याप्टेन रावल तथा जम्दार वसन्त तितराको मृत्यु भएको थियो ।
श्रद्धाञ्जलि कार्यक्रममा क्याप्टेनका पिता बलबहादुर रावलसहित आफन्तजनको पनि सहभागिता थियो । क्याप्टेन रावलको आजै जन्मस्थान दैलेखको सिस्तानमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ । रासस















प्रतिक्रिया