६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सर्तकता केन्द्र समक्ष, भ्रष्टाचार सम्बन्धी गुनासोको ओईरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghus

– सुदीप अधिकारी

बर्दिया, १८ जेठ । जिल्लामा भ्रष्टाचार बढ्दै गएको भन्दै यहाँका राजनीतिक दल तथा सर्बसाधारणले चिन्ता व्यक्त गरेका छन् । सोमबार राष्ट्रिय सर्तकता केन्द्रले आयोजना गरेको एक कार्यक्रममा सहभागी अधिकाशंले जिल्लामा भ्रष्टचार मैलाउँदै जाँदा जिल्लाको विकास हुन नसकेको गुनासो गरे ।

जिल्लामा बजेट आयो भनेको सुनिन्छ तर विकास भने शुन्य हुन्छ, नेकपा एमालेका जिल्ला अध्यक्ष हरि ज्ञवालीले भने ‘विकास आयोजनामा भ्रष्टाचार तथा अनियमितता व्याप्त हुँदा बर्दियाको विकास हुन सकेन ।’

सोमबार राष्ट्रिय सर्तकता केन्द्रले बर्दियाको सदरमुकाम गुलरियामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक अन्तक्रिया कार्यक्रममा उनले बबई नदीमा तटबन्ध निर्माण, जब्दी घाट पुल लगायत राजापुर स्थित सत्तीघाटमा निर्माणाधिन पुल सम्वन्धीत निकायको लापरवाहीका कारण जोखिममा रहेकोवारे केन्द्रको ध्यानाकर्षण गराएका हुन ।

अधिंकास आयोजनाका कार्यालय नेपालगंजमा हुँदा जिल्लावासी सूचना पाउनवाट समेत वन्चीत हुनुपरेको बताउदै उनले तटबन्ध, सडक र पुल निर्माणमा अनियमितता हुँदा गुणस्तरिय कार्य नभएको बताए ।

यसैगरी पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्माले अझैपनी जिल्लाका हरेक क्षेत्रमा साना देखि ठुला स्तरका आयोजना संचालन गर्दा मिलेमतोमा अनियमितता हुने गरेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफु ईमान्दार र जवाफदेही बन्नुपर्ने उनको भनाई छ । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सदस्य खडानन्द तिवारीले हतारमा बजेट सक्ने प्रबृत्तिले काममा गुणस्तरीयता हुन नसकेकोले प्रती ध्यानाकर्षण गराए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय सर्तकता केन्द्रका उप सचिव शेर बहादुर ढुंगानाले जिल्लामा संचालित विभिन्न विकास आयोजना मापदण्ड विपरित संचालन भईरहेकोले गुणस्तरमा ध्यान दिई मापदण्ड अनुसार समयमै योजना सम्पन्न गर्न सम्वन्धीत सरोकारवालाहरुलाई आग्रह गरे । गलत गर्ने जोसुकै पनी कार्वाहीको भागिदार बन्नुपर्ने उनको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले जिल्लाका विभिन्न योजनाहरुको अनुगमन गर्दा ढीलो गरी आयोजना संचालन भएकोले असार सम्म कुनैपनी सरकारी कार्यालयका प्रमुखलाई जिल्ला नछाडन अनुरोध गरे ।