२८ कार्तिक २०८३, शनिबार

रास्वपाले बोलायो संसदीय दलको बैठक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । आज शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

बैठकमा संसदीय समिति सभापति चयन लगायतका विषयमा छलफल हुने बताइएको छ । संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिइने रास्वपाले जनाएको छ ।

संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदै छ । चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।