काठमाडौं, १८ बैशाख । भूकम्पपछि नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई चिनिया सरकारले बन्देज लगाएको छ ।
चीन सरकारले चीनबाट हुने नेपाल भ्रमणको यात्रा अनुमतिनै अनिश्चितकालको लागि बन्द गरेको हो । पछिल्लो समय चीनबाट सबैभन्दा धेरै पर्यटकहरु नेपाल भित्र्ने गरेका थिए । सरकारले यात्रा अनुमति बन्द गरेपछि नेपाल आउने पर्यटकले लिइसकेको प्याकेज समेत धमाधम रद्द गर्न थालेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
भूकम्पपछि कोदारी राजमार्गमा गएको पहिरोका कारण पनि चीनले नेपालको यात्रा अनुमति अनिश्चितकालका लागि रद्द गरेको जनाइएको छ । चिनियाँ सरकारको निर्णयले कैलाश मानसरोवर टुरमा जाने मात्रै करिब २५ हजार पर्यटक प्रभाबित भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
केही पर्यटकीय क्षेत्रहरु बाहेकका पर्यटकीय गन्तव्य सुरक्षित रहेकाले चिनियाँ राजदूतावासमार्फत नेपाल सरकारले यहाँ आउन चाहने चिनियाँ पर्यकटकलाई अनुमति दिलाउन पहल गर्नुपर्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
















प्रतिक्रिया