
विराटनगर, ६ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा फेरि सत्ता पक्षले गल्ती दोहोर्याएको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले फेरि गल्ती दोहोर्याएको बताएका हुन् ।
प्रदेश सरकारले न्यायालयको सम्मान नगरेको हो भन्ने पत्रकारको प्रश्नमा कोइरालले भने,‘अदालतले जुन निर्णय गरेको थियो अस्ती त्यो निर्णय सही निर्णय थियो, फेरि हामीले दोहोर्यायौँ सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौँ ।’
सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई पनि मतदान गराएर विश्वासको मत लिएका थिए । सभाध्यक्षलाई मतदान गर्न लगाउनु गलत भएको कोइरालाको भनाइ थियो ।
पार्टी र सत्ताको राजनीतिक फरक हुने बताउँदै उनले सत्ताको राजनीति गलत हुँदा अदालतले सच्याउने बताए । ‘राज्यसत्ता कमजोर भएको अवस्थामा यस्ता कुराहरु हुँदै जान्छन् ।’ कोइरालाले भने, ‘घटनाहरु घट्दै जान्छन्, हामी गलत काम गर्दै जान्छौँ, अनि अदालतले त्यसलाई तिमिहरु गलत छौ भनेर पुष्टी गरिरहन्छ ।’











प्रतिक्रिया