
काठमाडौं, ६ भदौ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठकमा विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने विषय पनि छलफल भएको बताइएको छ । छानबिन समिति बनाउने विषयलाई निस्कर्षमा पुर्याउन आज सर्वदलीय बैठक बस्दै छ ।
सर्वदलीय बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।











प्रतिक्रिया