
काठमाडौं, ६ भदौ । संसदको गतिरोध खुलाउने विषयमा सहमतिमा पुग्न र सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने विषयलाई निस्कर्षमा पुर्याउ आज सर्वदलीय बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । आजको बैठकमा मस्यौदा समितिले उच्चस्तरीय छानबिन समिति कस्तो बनाउने भनेर तयार पारेको ड्राफ्टलाई शीर्ष नेताहरुले अन्तिम टुंगो लगाउने बताइएको छ ।
तीन सदस्यीय मस्यौदा समितिले मंगलबार नै ड्राफ्ट तयार पारेर शीर्ष नेतालाई बुझाइसकेका छन् ।











प्रतिक्रिया