२ कार्तिक २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०१ पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।