२ कार्तिक २०८३, सोमबार

काबुलमा विस्फोट हुँदा दुई जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ५ भदौ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ ।

काबुल प्रहरी प्रवक्ता खालिद जाद्रानले दिएको जानकारी अनुसार काबुलको छैटौँ जिल्लाको दारुल अमान क्षेत्रमा कारमा बारुदी विस्फोट हुँदा कारमा बसेका दुई नागरिकको मृत्यु भएको हो । सो दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको छ । सिन्ह्वा