२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै, दिउँसो शीर्ष तीन दलका नेताहरुको बैठक बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ । साथै संसदको अवारेध हटाउने बारेमा पनि छलफल हुनेछ ।

आजै दिउँसो २ बजे बस्ने शीर्ष तीन दलका नेताहरुको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेको खण्डमा अन्तिम रुप दिने बताइएको छ । कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजबाट संसद अवरोध हट्ने छ ।