२८ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज मंगलबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रपति भवन शीतल निवासमा बैठक बिहान साढे ८ बजे बस्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलो पटक बैठक बोलाएका हुन् । संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका थिए । सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षस् दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ ।

गत १० साउनदेखि अवरुद्ध र स्थगित हुँदै आएको संसद बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

यसैबीच, हिजो सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको राष्ट्रिय दलहरूको बैठकले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेको छ ।

छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहने गरी बैठकले कार्यादेश समिति गठन गरेको छ ।