६ कार्तिक २०८३, शुक्रबार

भूकम्प प्रभावित पत्रकारलाई सहयोग जुटाउन पत्रकारले बेचे चिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiya-journalist (3)

– सुशील खड्का

सुर्खेत, १८ जेठ । गत वैशाख १२ र २९ गतेको भूकम्पबाट प्रभावित क्षेत्रका पत्रकारहरुको सहयोगार्थ नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले सोमबार चिया पिउँ, भूकम्प पीडितलाई मन दिउँ’ भन्दै सडकमा चिया बेचेर सवा लाख भन्दा बढी संकलन गरेको छ ।

विहान ८ बजेबाट स्थानीय वीरेन्द्र चौकमा चिया बेचेर महासंघक सुर्खेतले १ लाख २८ हजार ४ सय ९७ रुपैयाँ संकलन गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले ३ हजार एक सय सहयोग गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Chiya-journalist (1)

कार्यक्रममा सुर्खेतस्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, व्यापारी, वुद्धिजीवि, शिक्षक, अभिभावक लगायतलेसहयोग गरेका थिए । भुकम्प अति प्रभावित जिल्लाका संचारकर्मीको सहयोगार्थ चियापान कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले बताए ।

Chiya-journalist (2)

शाखाले सो रकम महासंघको केन्द्रीय कार्यालय मार्फत भुकम्प अतिप्रभावित जिल्लाका संचारकर्मीलाई सहयोग गर्ने भएको छ । कार्यक्रममा सिद्धार्थ विजनेश ग्रुप अफ हस्पालिटीले चिया सहयोग गरेको थियो ।