
काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया