पाल्पा । सुभेक्षा थापाले निर्माण गरेको चलचित्र ‘मखमली’को च्यारिटी शो गरिने भएको छ ।
चेलीबेटी बेचबिखनको समस्यामा परेको चेलीको कथालाई समेटिएको उक्त चलचित्रको काठमाडौं, नेपालगञ्ज र पोखरामा च्यारिटी शो गरिने चलचित्रकी नायिका, निर्मात्री, कथा, पटकथा र संवाद लेखक समेत रहेकी सुभेक्षा थापाले बताइन् ।
दैनिक नेपालसंगको कुराकानीमा उनले भनिन– ‘चलचित्र अहिले डबिङको क्रममा छ, चाँडो सकियो भने चाँडो नै काठमाडौमा पनि च्यारिटी शो हुनसक्छ, नत्र भदौ २५ मा गर्ने निधो भएको छ ।’
आउँदो भदौ २५ गते च्यारिटी शो गरेर संकलन भएको रकम भूकम्प प्रभावित क्षेत्रमा खर्च गरिने चलचित्रका निर्देशक राजु गिरीले बताए । १६ वर्षकै कलिलो उमेरमा दलालको ललाइ फकाईमा परी भारतको मुम्बईमा नर्कीय जीवन भोग्न पुगेकी चरिमाया तामाङको जस्तो कयौँ नारीको अवस्थालाई चलचित्रमा उतारिएको निर्देशक गिरीले बताएका छन् ।
चलचित्रमा नायिकाको भूमिका शुभेच्छा थापाले निभाएकी छिन् । चलचित्रमा उनलाई नायक अशोक फुयाँल, दुर्गेश थापा, सुधन धिताल, उत्तम केसी, बाल कलाकार जेनिशा रिजाल लगायतका कलाकारले साथ दिएका छन् ।















प्रतिक्रिया