
काठमाडौं, ३२ साउन । पुँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।
लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले शेयर बजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेबोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका हुन् ।
शेयर बजारमा आपूर्तिको मात्र ओईरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरूको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोईरालाले बताए ।
राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउँन, बैंक तथा बित्तीय संस्थाहरूलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरूको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले बताए ।
अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी ब्यक्ति अर्थात कम्पनीको रूपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिवार्य गर्न गराउन पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् ।















प्रतिक्रिया