
काठमाडौं, २७ साउन । नेकपा (एमाले)का नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्ने कांग्रेस सांसद सुनिल शर्मालाई प्रतिशोधपूर्ण तवरले पक्राउ गरेको भन्दै आलोचित बनेका गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएको थापाको दाबी छ ।
‘क्वीन्टल सुन तस्करी प्रकरणका संरक्षक गृहमन्त्री नारायणकाजी श्रेष्ठको बकवासपूर्ण स्टन्टबाजी र पद दुबैको दिनगन्ती सुरू भएको छ ! उनी राजीनामा गरेर नहटे वा नहटाइए पुष्पकमल दाहाललाई नै सत्ताच्यूत गरिनु अनिवार्य हुनेछ । तसर्थः उनी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसके ।’ नेता थापाले फेसबुकमा लेख्दै भनेका छन्, ‘खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको तथ्य स्पष्ट भएको छ । सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसकेको स्पष्टै छ । काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट आजै रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको छ ।’
यस्तो छ थापाको फेसबुक स्टाटसः











प्रतिक्रिया