२८ कार्तिक २०८३, शनिबार

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम । अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गतराति बुढा बासाल्ला नजिकैको भीरबाट लडेर १५० मिटर तल खसेका थिए ।

बुढासँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भीरबाट खसेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बमले जानकारी दिए ।

उनका अनुसार भीरबाट लडेर दुईजना घाइते भएका भन्ने खबर पाउनासाथ तत्काल प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरिदत्त भट्टको कमाण्डमा तीनजनाको टोली खटिएर उद्धार गरिएको थियो ।

घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपश्चात् गणेश डिस्चार्ज भएका थिए ।

बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएकामा उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिए ।

बिर्खेको शव जिल्ला अस्पतालमा राखिएको उनले बताए ।