२ कार्तिक २०८३, सोमबार

बन्दूकधारीको आक्रमणमा परी स्थानीय भाजपा नेताको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नयाँदिल्ली, २७ साउन । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई बिहीबार साँझ मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए ।

चौधरीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपीलाई पत्ता लगाउने प्रयास गरिरहेको छ । अभियुक्तलाई पक्राउ गर्न पाँच वटा टोली गठन गरिएको छ । उनीहरुलाई चाँडै नै पक्राउ गरी कडा कानूनी कारवाही गरिने प्रहरीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी आफ्नो क्षेत्रमा स्थानीय चुनावमा पराजित भएका भाजपाका सक्रिय सदस्य थिए । चौधरीको शव पोष्टमार्टमका लागि पायक पर्ने नजिकको अस्पतालमा पठाइएको छ । सिन्ह्वा