
चन्द्रौटा, २७ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्यु भएको र हजुरआमा ४८ वर्षीया अन्जुम भाँट घाइते भएको परिवारले जनाएको छ ।











प्रतिक्रिया