
मुगु, २६ साउन । मुगु जिल्लाको ताल्चा विमानस्थलमा केही महिनाका लागि १२ बजे पछि हवाई उडान बन्द गरिँदा बिरामी लगायत जरुरी कामले जिल्ला बाहिर जाने यात्रुलाई सकस भएको छ ।
मुगु लगायत कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा लगायतका जिल्लामा मौसमको खराबीका कारण नागरिक उड्ययन कार्यालयले १२ बजे पछि हवाई उडान असुरक्षित हुने भनेर हवाई सेवा बन्द गरेपछि सर्वसाधारण प्रभावित भएका हुन् ।
कर्णालीका विमानस्थलहरूमा प्रायजसो मौसम खराबीका कारण १२ बजे भन्दा अघि हुस्सु र कुहिरोले ढाक्ने १२ बजेपछि बिस्तारै कुहिरो हटेर आकाश खुला भएपछि नागरिक उड्ड्यन प्राधिकरणको नियम लागु हुने गरेका कारण वर्तमान अवस्थामा जहाजमा उड्ने आशाले हप्तौँसम्म यात्रुहरू विमानस्थलमा अलपत्र परेको यात्रुहरुको दुखेसो छ ।
सडक मार्गबाट जाँदा बाढीपहिरोको डर हुने र जोखिमयुक्त हुने भएकाले यात्रुले हवाईमार्ग नै रोज्ने गरेका छन् ।
अस्पताले रेफर गरेका जटिल बिरामी लगायत दर्जनौँ यात्रुहरू यतिबेला ताल्चा विमानस्थलमा मौसम खुल्ने र जहाजमा गन्तव्यमा जाने आशमा बसेका हप्तौँ बितिसकेको छ ।















प्रतिक्रिया