२८ कार्तिक २०८३, शनिबार

सत्ता पक्ष र प्रतिपक्षी दुवैको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।  सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरुको अवरोधपछि बैठक स्थगित भएको हो ।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले बैठक अवरोध गर्दै आएको छ । तर आजबाट सत्ता पक्षका सांसदहरुले पनि बैठक अवरोध गरेका छन् ।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि राष्ट्रिय सभाका अध्यक्ष अध्यक्ष गणेश तिमिल्सिनाले साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित गरे ।