
हेटौंडा, २६ साउन । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवालीले राष्ट्रलाई संकटबाट जोगाउने जिम्मा एमालेको भएको बताएका छन् ।
एमाले हेटौंडा उपमहानगर-४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता ज्ञवालीले मुलुकको राष्ट्रियता, अर्थतन्त्र र जनजिविका संकटमा परेको भन्दै यसलाई पार लगाउन एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का ४ नम्बर वडा अध्यक्ष तथा नेपाल खेलकुद महासंघ, (समाजवादी)का केन्द्रीय सदस्य निरजसिं ठकुरी एमालेमा फर्किएका छन् ।
यसैगरी, नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा तरूण दलका ४ नम्बर वडा सचिव निरोज बानियाँसहित रोशन क्षेत्री, विशाल न्यौपानेलगायत एमालेमा प्रवेश गरेको वडा पार्टी सचिव प्रकाश सुवेदीले जानकारी दिए ।
एमालेमा फर्कने क्रममा ठकुरीले कम्युनिष्ट पार्टी अब टुटफुट नभई नेकपा एमालेको मूलप्रवाहमा समाहित हुनुपर्ने बताए ।

वडा अध्यक्ष राजेन्द्र बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेता केदार न्यौपाने, प्रदेश कमिटी सदस्य श्रीधर पोखरेल, जिल्ला सचिव नवीन सिग्देल, उपसचिव हिदम लामासहित नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया