२ कार्तिक २०८३, सोमबार

सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौडा रिसोर्टमा विशेष छुट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौं स्थित हटपिज रेस्ट्रो र मकवानपुर स्थित रेगल हेटौडा रिसोर्टमा विशेष छुट पाइने भएको छ ।

बुधवार सिटिजन्स बैंकले पुतलीसडक, काठमाडौं स्थित हटपिज रेस्ट्रो र हेटौडा, मकवानपुर स्थित रेगल हेटौडा रिसोर्टबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो ।

साझेदारी अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौडा रिसोर्टमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा रहेको छ ।