२ कार्तिक २०८३, सोमबार

विन बहुउद्देशीय सहकारीको १४औं व्यापार मेला हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । विन बहुउद्देशीय सहकारी संस्थाले ट्रेड फेयर आयोजना गर्ने भएको छ। विन बहुउद्देश्यीय सहकारीले यही साउन २६, २७ र २८ गते १४औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८० आयोजना गर्न लागेको हो ।

महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा हुने व्यापार मेलामा ५१ वटा स्टलहरू रहने छन् । मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिक रेशा, नेपाली कागज, पस्मिना, फेल्ट, उनि, काष्ठ, पोते, नेपाली ढाका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरा लगायत नवरस ब्राण्डका सामग्री प्रदर्शनी तथा बिक्री हुने विन बहुउद्देशीय सहकारीले जानकारी दिएको छ।

मेलालाई अझै आकर्षक बनाउन विन बहुउद्देशीयले गिफ्ट भौचर, उपहार, नि:शुल्क वाईफाई, नि:शुल्क मास्क, नि:शुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दी लगायतको व्यवस्था गरेको छ ।

विन बहुउद्देश्यीय सहकारीले महिलाहरूलाई उद्यमी बनाउन बेसिकदेखि एडभान्ससम्मको तालिम समेत सञ्चालन गर्दै आएको छ ।
तालिममा सहभागीले बनाएका उत्पादनको प्रवर्द्धन गर्न मेलामा प्रदर्शनी र प्रतियोगिताको समेत आयोजना हुने सहकारीले जनाएको छ ।
यसका साथै महिला उद्यमशीलता तालिमका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक हुने बताइएको छ ।

३ दिनसम्म चल्ने मेला १० देखि १५ हजारले अवलोकन गर्ने र ५० देखि ७५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।