
काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २१ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३५ पैसा र बिक्री दर १६९ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया