
काठमाडौं, २४ साउन । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले बिहान साढे ११ बजेका लागि बै७क बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।
बैठकमा संसद्को जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग र्दै नेकपा एमालेले निरन्तर संसद अवरूद्व गर्दै आएको छ ।
एमालेको अवरोधका कारण हिजो पनि स्थगित प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ ।















प्रतिक्रिया