६ कार्तिक २०८३, शुक्रबार

सरकारले दिएका पदक फिर्ता गर्ने महावीर पुनको घोषणा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारले प्रदान गरेका पदक फिर्ता दिने घोषणा गरेका छन् ।

उनले पदक लिलामीमा राखेपछि पदन रद्दको चेतावनी दिँदै गृहमन्त्रालयले पत्र पठाएपछि उनले पदक फिर्ता गर्ने घोषणा गरेका हुन् ।

पुनले आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखानाका लागि खर्च जुटाउन नेपाल सरकारबाट प्राप्त दुई मेडलसहित अन्तर्राष्ट्रिय मेडलहरुको लिलाम बिक्रीका लागि राखेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत सरकारले दिएका पदक फिर्ता गर्ने तर अन्तर्राष्ट्रिय पदकहरू भने लिलामीमा राख्ने बताएका हुन् ।

‘गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ,’ उनले लेखेका छन् ।