
काठमाडौं, २३ साउन । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलले नक्कली नोटसहित खोटाङ दिप्रुङ गाउँपालिका-५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका-२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका-१ का मदन दमाईलाई पक्राउ गरेको हो।
उनीहरूको कोठाबाट नक्कली नेपाली रूपैयाँ एक हजारको एक सय ८२ थान र नोट बनाउन प्रयोग हुने कागज दुई सय थानसमेत बरामद भएको छ।
थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।















प्रतिक्रिया