
काठमाडौं, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्ष र प्रतिपक्ष दलले बार्गेनिङ गरेर संसद अवरूद्व भएको बताउका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले बार्गेनिङमा लागेर संसद चल्न नसकेको बताएका हुन् । सभामुखले तोकेकै समयमा सदन चल्नुपर्ने उनको भनाई छ ।
“तीन जना नेता मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिलाउनुपर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनौँ ? । हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ? “सदन चल्ने समयभन्दा अगाडि चाहे रात परोस्, चाहे बिहान होस् । देखिएका आवश्यक पर्ने दलका नेता अगाडि नै बैठक बसेर सम्मानित सभामुखमार्फत आएको समयमा किन सदन चल्दैन ?,” उनले प्रश्न गरे ।
लामिछानेले सदनलाई बन्धन बनाउन नपाइने कुरामा सभामुखबाट रूलिङ हुनुपर्ने माग गरे ।
उनले भने, ‘केही दलका केही नेताहरु बसेर यत्तिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन, यो तय होस्, सभामुखबाट रुलिङ होस् कि कुनै पनि दिन यदि तोकिएको समय र मितिमा संसद चल्छ भनेर सूचना टाँसिसकेपछि त्यो सयममा घण्टी बज्नुपर्छ । त्यो घण्टी बज्नभन्दा अगाडि जे जे कुरा मिलाउनुपर्छ मिलाए हुन्छ’ ।















प्रतिक्रिया