
काठमाडौं, २३ साउन । गृहमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई दिएको विभूषण रद्द गर्ने चेतावनी दिएको छ ।
पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेपछि मन्त्रालयले पत्र पठाउँदै लिलामीमा राखे रद्द गर्ने चेतावनी दिएको हो ।
गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने बताएको छ ।

















प्रतिक्रिया