
काठमाडौं, २३ साउन । सरकार र गौर हत्याकाण्डका पीडितबीच सहमति भएको छ ।
मंगलबार गृह मन्त्रालयमा भएको पीडित संघर्ष समिति र सरकारबीचको वार्तामा पाँचबुँदे सहमति भएको हो ।
सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।
घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने लगायत सहमति भएको छ ।
















प्रतिक्रिया