
काठमाडौं, २३ साउन । सल्यानमा एक युवकले आमाको हत्या गरेका छन् ।
शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन्।
उनले मंगलबार बिहान आमाको टाउकोमा लठ्ठी प्रहार गरेर हत्या गरेका हुन् । उनले आमालाई देवी चढेको भन्दै हत्या गरेको बताइएको छ ।
उनलाई प्रहरीले पक्राउ गरेको छ ।















प्रतिक्रिया