
काठमाडौं, २२ साउन । नेकपा (एमाले) निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले कुनै पनि बहानामा अपराधीलाई जोगाउने कार्य गरेमा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका-५ बस्ने बर्ष ४० को शिवकुमार कार्की असार ३१ गते साँझदेखि चरौँदीको हुक्का बार रेस्टुरेन्टबाट बेपत्ता भएका थिए ।
उनको हत्या भएको आशंका गरिएको छ । हत्या गरिएको एथेष्ट प्रमाण हुँदा पनि प्रहरीले कारबाही अगाडि नबढाएको भन्दै युवासंघले प्रतिवादमा उत्रने चेतावनी दिएको हो ।
२० दिनदेखि बेपत्ता हुँदा समेत हालसम्म कुनै पनि सत्य तथ्य सार्वजनिक नहुनुमा गम्भीर षड्यन्त्र हुन सक्ने संघले ध्यानाकर्षण पत्र मार्फत बताएको छ ।
संघका अध्यक्ष सुनिल तामाङद्वारा जारी ध्यानाकर्षण पत्रमा कुनै पनि बहानामा अपराधीलाई कारवाही गर्नुको सट्टा झनै प्रोत्साहन गर्न खोजे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।
















प्रतिक्रिया