६ कार्तिक २०८३, शुक्रबार

काँग्रेस निकट महिला संघमा देउवा र शेखर पक्षबीच विवाद (भिडिओसहित)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको केन्द्रीत नेतृत्वले विधान विपरीत १२ जिल्लाका सभापतिलाई हटाएको भन्दै अर्को पक्षले आपत्ति जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेखर कोइराला पक्षीय २० केन्द्रीय सदस्यले जिल्ला सभापतिलाई हटाउने निर्णय नसच्चाए देशभर समानान्तर समिति बनाउने चेतावनी समेत दिएका छन् ।

महिला संघमा लामो समयसम्म संगठनमा काम गरेका नेता कार्यकर्तालाई पाखा लगाउने उदेश्यले कसैको निहीत स्वार्थ पूरा गर्नका लागि महिला संघमा विग्रह ल्याइएको उनीहरूको आरोप छ ।

उनीहरुले तीन दिन भित्र उक्त निर्णय सच्चाउन अल्टिमेटमसमेत दिएका छन् । विधानविपरीत काम गरेको भन्दै संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्नुपर्ने केन्द्रीय सदस्य रिता शाहीले माग गरिन् ।

उनले यस बिषयमा पार्टी सभापतिलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको बताइन् ।

संघकी अध्यक्ष मिश्रले सोलुखुम्बुमा छिल्हामु शेर्पा, बारामा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाइ हटाएकी थिइन् ।