
काठमाडौं, २२ साउन । नेकपा एमालेले आज पनि राष्ट्रिय सभा बैठक अवरूद्व भएको छ ।
सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् ।
राजधानी भित्रै ठूलो सुन गाल्ने मेसिनहरू फेला परेको अवस्थामा सरकार के गरिरहेको छ भन्ने प्रश्नचिन्ह खडा भएको उनले बताइन् ।
उनले सुन प्रकरण संगठित अपराधका साथै अन्तर्राष्ट्रिय छविसंग पनि जोडिएको बिषयलाई सरकारले छानविन गरेर नपुग्ने जिकिर गरे । उनले प्रतिपक्षीले उठाएका सवालहरूको सम्बोधन नभए सदन चल्न नसक्ने स्पष्ट पारे ।
एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरे ।















प्रतिक्रिया