
काठमाडौं, २२ साउन । सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल जारी छ ।
संसदको अवरोध हटाउने विषयमा छलफलका लागि सभामुख देवराज घिमिरेले राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएका हुन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरू सहभागी छन् ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ।















प्रतिक्रिया