
काठमाडौं, २२ साउन । अवरूद्व संघीय संसद खुलाउन माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएको छ ।
सोमबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले अवरोध हटाउन संवाद गर्ने निर्णय गरेको हो ।
एक क्वीन्टल बढि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरूद्ध गर्दै आइरहेको छ।















प्रतिक्रिया